शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

मेगा खबर संवाददाता

३, आश्विन २०७७
  • 2.4K
    SHARES

  • राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन शुरु

    बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दको फोटो खिचेर आवश्यक व्यक्तिगत विवरण सङ्कलन गरी सो कामको शुरु गरिएको हो ।

    शुक्रबार उपप्रमुखसहित तीन जनाको विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । सङ्कलन कार्य शुरु भएको जानकारी गराउँदै सहायक प्रजिअ लोकेन्द्रसिंह नेगीले राष्ट्रिय परिचय पत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने बताएका छन् । सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्र बाँडिनेछ । उनले भने, “अबदेखि नागरिकता पाएकै दिन परिचय पत्रको लागि आवश्यक विवरण भरी राष्ट्रिय परिचय पत्र विवरण भर्ने व्यवस्था मिलाइएको छ ।”  

    राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलनको काम शुरु भएकाले विवरण सङ्कलन गराउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले  जिल्लावासीलाई आग्रह गरेका छन् । परिचय पत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुवा र आमाको नागरिकता र शैक्षिक योग्याताका प्रमाणपत्र पनि सक्कलै लिएर आउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

    दश अङ्कको नम्बर रहेको परिचय पत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने हुन्छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचय पत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचय पत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउँनेछन् । 

    शनिवार, आश्विन ३ २०७७०८:४६:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार