बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गौरीफन्टा नाका भएर ५ दिनमा झण्डै ३ हजार नेपाली भारत पसे

गौरीफन्टा नाका भएर ५ दिनमा झण्डै ३ हजार नेपाली भारत पसे

मेगा खबर संवाददाता

३, आश्विन २०७७
  • 2.1K
    SHARES

  • गौरीफन्टा नाका भएर ५ दिनमा झण्डै ३ हजार नेपाली भारत पसे

    कैलाली ।  त्रिनगर–गौरीफन्टा नाका भएर ५ दिनको अवधिमा झण्डै तीन हजार नेपाली भारत पसेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार पछिल्लो ५ दिनमा दुई हजार ८ सय ७७ जना उक्त नाका भएर भारत गएका छन्।

    पछिल्लो केही सातायता प्रत्येक दिन ५ सय बढि नेपालीहरु रोजगारी खोज्दै भारत पसिरहेका छन्। प्रशासनले सार्वजनिक गरेको तथ्याङक अनुसार भदौ २९ गते ५ सय ९७ जना, भदौ ३० गते ६ सय १७, भदौ ३१ गते ५ सय २६, असोज १ गते ५ सय ८१ र असोज २ गते पाँच सय ५३ जना भारत पसेका छन्। 

    भारतबाट नेपाल फर्किनेको संख्या भने भारत जानेको भन्दा कम छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भदौ २९ गते चार सय ५८ जना, भदौ ३० गते तीन सय ९३ जना, भदौ ३१ ग्ते चार सय ७० जना, असोज १ गते चार सय ९९ जना र असोज २ गते दुई सय ४६ जना नेपाली स्वदेश फर्किएका छन्। 

    शनिवार, आश्विन ३ २०७७०७:०१:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार