शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

सशस्त्र प्रहरीको १४ औं बिओपी

सशस्त्र प्रहरीको १४ औं बिओपी

मेगा खबर संवाददाता

२, आश्विन २०७७
  • 2.1K
    SHARES

  • सशस्त्र प्रहरीको १४ औं बिओपी

    कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँईमा आज सशस्त्र प्रहरी बल नेपालको १४ औं बोर्डर आउट पोष्ट(बिओपी)को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित नं ७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरिशङ्कर बुढाथोकीले बोर्डर आउट पोष्टको उद्घाटन गरेका छन् । । 

    पोष्टको उद्घाटन गर्नुहँदै उहाँले राष्ट्रहितलाई सर्वोपरी ठानेर कार्य गर्नुपर्ने उल्लेख गर्दै सीमा क्षेत्रका जनतालाई शान्ति सुुरक्षाको अनुभूति हुने गरी काम गर्नुर्ने बताए । “सीमा अपराध रोक्नका लागि प्रभावकारी रुपमा कार्य गर्न कटिवद्ध हुनुपर्छ”, उनले भने, “यसका लागि २४ सै घण्टा नसुतेर सुरक्षा गर्न सधैं तत्पर हुनुपर्छ ।”

    उद्घाटन गरिएको बोर्डर आउट पोष्टमा सशस्त्र प्रहरी निरीक्षक सुदीप कार्कीको कमाण्डमा ३५ जनाको टोलीलाई खटाइएको छ । यहाँको भारतसँगको सीमा क्षेत्रमा सशस्त्र प्रहरीका १४ बिओपी छन्  ।

    शुक्रवार, आश्विन २ २०७७०९:३२:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार