शनिवार, कार्तिक २२ २०८३Nov 07 2026

  • TRENDING NOW :

कोरोना अपडेट: पछिल्लो २४ घन्टामै थपिए २०२० जना कोरोना संक्रमित

कोरोना अपडेट: पछिल्लो २४ घन्टामै थपिए २०२० जना कोरोना संक्रमित

मेगा खबर संवाददाता

२, आश्विन २०७७
  • 1.4K
    SHARES

  • कोरोना अपडेट: पछिल्लो २४ घन्टामै थपिए २०२० जना कोरोना संक्रमित

    काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मात्र संक्रमितको संख्या २ हजार २० देखिएको हो । 

    २४ घन्टामा देखिएको संक्रमण संखया यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा सो कुराको जानकारी दिएका हुन् । 

    शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

     

    शुक्रवार, आश्विन २ २०७७०४:३१:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार