बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

वैदेशिक रोजगार विभाग सर्‍यो ताहाचलमा

वैदेशिक रोजगार विभाग सर्‍यो ताहाचलमा

  • 1.3K
    SHARES

  • वैदेशिक रोजगार विभाग सर्‍यो ताहाचलमा

    काठमाडौँ, जेठ २१ गते बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभाग आजदेखि ताहाचलमा सरेको छ ।

    बुद्धनगरस्थित नेपाल हिमालयन सीमापार सङ्घको भवनमा भाडामा बस्दै आएको विभागको कार्यालय आजदेखि ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयमा सरेको हो । 

    विभागका महानिर्देशक मदन दाहालले आजदेखि आंशिक रूपमा सरेको बताए । असार १ गतेदेखि पूर्ण रूपमा सर्ने उनको भनाइ छ । कार्यालय पूर्ण रूपमा नसर्दासम्म दुवै ठाउँबाट सेवा प्रदान गर्दै आएको उनले बताए । शुक्रबारदेखि नै सामान सार्न थालेका थियौँ । सबै सरिसक्न केही समय लाग्छ । त्यसैले आजदेखि ताचाहल र बुद्धनगरबाट सेवा प्रदान गरिरहेका छौं । महानिर्देशक दाहालले भने,सेवाग्राहीको चाप दिनप्रतिदिन बढ्दै गएको सेवा प्रवाहमा समस्या भएको भन्दै विभाग सरेको हो ।

    विभागमा दैनिक सयौँको सङ्ख्यामा सेवाग्राही आउने हुँदा हाल कार्यालय रहेको स्थानबाट सेवा दिन असहज भएको विभागले जनाएको छ ।

     

    आइतवार, जेठ २१ २०८०१२:४५:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार