बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खाना खानकै लागि भनेर अब मास्क खोल्नु पर्दैन 

खाना खानकै लागि भनेर अब मास्क खोल्नु पर्दैन 

मेगा खबर संवाददाता

२, आश्विन २०७७
  • 2.0K
    SHARES

  • खाना खानकै लागि भनेर अब मास्क खोल्नु पर्दैन 

    फाईल तस्बीर
    काठमाडौं । यस बेला सारा विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । यस महामारीको बारेमा नयाँ नयाँ अनुसन्धान भईरहेका छन् । अहिलेसम्म कोरोना भाइरसको कुनै भ्याक्सीन पत्ता बन्न सकेको छैन । 

    भ्याक्सीन नबनेको कारणले महामारबिाट बच्नको लागि सामाजिक दुरी कायम गर्ने र मास्क लगाएर यसबाट बच्ने उपाय अपनाईरहिएको छ । मास्क त जुन कुनै बेला पनि लगाउन आवश्यक रहेको डाक्टरहरुले सल्लाह दिइरहेका छन् । तर आवश्यक कामको लागि भने मास्क खोल्नै पर्ने थियो ।

    खाना खाँदा मासक खोलेर खानुपर्ने समस्या अब हटेको छ । किनभने इजरायलको एक कम्पनीले अनौठो मास्कको निर्माण गरेको छ । जुन मास्क नखोलि कनै खान खान सकिन्छ । खाना खानकै लागि भनेर अब मास्क खोल्नु पर्दैन । जसकारण कोरोना भाइरस फैलिने खतरा कम हुन्छ ।

    मेसिनसँग जोडिएको मास्कलाई रिमोटको माध्यमबाट प्रयोग गर्न सकिन्छ । कोरोनाबाट बच्नको लागि यो स्पेशल मास्क बनाउने कम्पनीका अनुसार रिमोट कन्ट्रोलको सहयोगमा मास्क लगाउनेले प्रयोग गर्न सक्छ ।

    साथै कम्पनीले डिभाइस अटोमेटिक काम गर्ने किससिमको भएको दाबी गरेको छ । कम्पनीका अनुसार चम्चा जब खानेकुरा लिएर मुख नेर पुग्छ तब मास्क स्वयं नै खुल्छ ।

    कम्पनीका भाइस प्रेसिडेन्ट असाफ गिटेलेसले मास्क रिमोटको माध्यमबाट खोल्न मिल्ने बताएका छन् । साथै चम्चा मुखमा लगिसकेपछि आफैँ खुल्ने पनि उनले बताएका छन् । तर अहिले नै यो मास्क बजारमा आईसकेको छैन ।

    मास्क अन्य भन्दा धेरै महंगो पनि रहेको छ । अन्य मास्कको तुलनामा यो मास्क २।८५ डलर बढी रहेको छ ।
    एजेन्सी

    शुक्रवार, आश्विन २ २०७७०८:५९:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार