शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

धार्मिक स्थलहरुमा भीडभाड गरे कारबाही 

धार्मिक स्थलहरुमा भीडभाड गरे कारबाही 

मेगा खबर संवाददाता

१, आश्विन २०७७
  • 2.3K
    SHARES

  • धार्मिक स्थलहरुमा भीडभाड गरे कारबाही 

    काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा खुकुलो पारेपनि असोज १ गतेदेखि केही क्षेत्रलाई भने रोकेको छ। कोरोना जोखिम लाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले मठ मन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्यपूजा बाहेक भीडभाड जन्य गतिविधिहरु सञ्चालन गर्न रोक लगाएको कार्य निरन्तरता दिने निर्णय गरेको छ।

    यदि यसको उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार कारबाही हुने चेतावनी दिइएको छ। काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेश जारी गरी खुल्ला स्थानमा मानिसहरु भेलाजम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न पनि अनिश्चितकालका लागि रोक लगाएको छ।

    यस्तै काठमाडौं प्रशासनले जोरबिजोर प्रणालीमा मात्र सवारी साधन संचालन गर्न र मनोरञ्जन क्षेत्रका गतिविधि संचालनमा अझपनि रोक लगाएको छ। अर्को आदेश जारी नहुन्जेलसम्मका लागि यस्ता गतिविधिमा काठमाडौं प्रशासनले रोक लगाएको हो।

    बिहिवार, आश्विन १ २०७७११:३०:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार