काठमाडौँ, जेठ २ गते नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको भन्दै प्राधिकरणले आफुखी शुल्क नबढाउने निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन भन्दै केही सेवा प्रदायकले शुल्क बढाएका छन् ।
प्राधिकरणले महशुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको बताएको छ । शुल्कमहसुलदर दूरसञ्चार ऐन अनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउँछन् । हालसालै कुनै पनि सेवा प्रदायकलाई महसुल बढाउने अनुमति प्रदान नगरिएको प्राधिकरणले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।