काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेका १७ वर्षीय मृगौला पीडित प्रविण आलेमगरको परिवारले सहयोगको अपिल गरेको छ । दुवै मृगौला फेल भई हाल काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार गराइरहेका प्रविणको उपचारका लागि सहयोग गरिदिनका लागि बुवा भिम ब. मगरले अनुरोध गरेका छन् ।
परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको कारणले नियमति रुपमा डाइलेसिस गर्नमा समेत समस्या भइरहेको जुगल गाउँपालिका–५ का सदस्य यान्द्र ब. मगले जानकारी दिए ।
केही भएको रकम पनि डाइलेसिस गर्दामै सकिएको भन्दै उनका बुबाले प्रत्यारोपण गरेर छोराको जिवन बचाउनका लागि अनुरोध गरेका छन् । उनलाई ९८५१००७९५६ मा सम्पर्क गरेर सहयोग गर्न सकिनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।