चौतारा । आज (बिहीबार) बाट अरनितको यातायात प्रालीले सबै रुटमा बस चलाउने भएको छ । सरकारले लामो दूरीका यातायात तथा आन्तरिक उडान १ असोजबाट चलाउने निर्णय गरेसँगै अरनिको यातायाता प्रालीले पनि आफ्ना सबै रुटमा बस चलाउने भएको हो ।
विश्वमा नै महामारीको रुपमा फैलँदै गएको कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारे जारी गरेको निषेधाज्ञा केही खुकुलो भएको छ । यो सँगै अहिले देशका सबै ठाउँमा आवात जावत सुरु भइसकेको छ ।
चाडपर्वको मुखमा सरकारले बस तथा यातायात संचालन गरेसँगै अरनिको यातायात प्रालीले आफ्ना रुटका यात्रुबाहक बसहरु सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
प्रालीका अध्यक्ष चित्रबहादुर कुँवरले दिएको जानकारी अनुसार राजधानीको खुलामञ्चबाट छुट्नेछन् । सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, दोलखा, सिन्धुली लगायत ग्रामीण क्षेत्रमा सेवा दिंदै आएको अरनिको यातायात कोरोना महामारीका कारण चैत्र १० गतेबाट बन्द रहेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।