बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पशुपति क्षेत्रको विद्युतीय शव दाह अब निःशुल्क

पशुपति क्षेत्रको विद्युतीय शव दाह अब निःशुल्क

मेगा खबर संवाददाता

२५, बैशाख २०८०
  • 1.1K
    SHARES

  • पशुपति क्षेत्रको विद्युतीय शव दाह अब निःशुल्क

    काठमाडाैँ,वैशाख २५ गते

    पशुपति आर्यघाटमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई अब पशुपति क्षेत्र विकास कोषले निःशुल्क शव दाहको व्यवस्था गर्ने भएको छ । 

    संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार बसेको पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को बैठकले पशुपति क्षेत्रमा दाहसंस्कारका लागि ल्याइने शवहरूलाई थप विद्युतीय शव दाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्न लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन थापाले बताए । 

    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.थापाका अनुसार पशुपतिमा शवहरूको दाहसंस्कारका लागि अहिले दुई वटा विद्युतीय शव दाह गृह रहेका मध्य एउटा मात्रै सञ्चालनमा छन् । बिग्रिएकालाई मर्मत गर्ने र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण गरी निःशुल्क बनाइने जनाएको हो । 

    अहिले सञ्चालनमा रहेको एक विद्युतीय शव दाह गृह र थप ४ वटा विद्युतीय शव दाह गृह निर्माण पछि जम्मा ५ वटा विद्युतीय शव दाह गृह हुने छ । यी विद्युतीय शव दाह गृह निर्माणको काम सकिएसँगै पशुपति क्षेत्र विकास कोषले सबै शवहरूको निःशुल्क शवहरूको दाहसंस्कार गर्ने तयारी गरेको बताइएको छ ।

    सोमवार, बैशाख २५ २०८००१:०६:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार