बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आज ‘आइसिटी डे’ मनाइँदै

आज ‘आइसिटी डे’ मनाइँदै

मेगा खबर संवाददाता

१९, बैशाख २०८०
  • 934
    SHARES

  • आज ‘आइसिटी डे’ मनाइँदै

    काठमाडौँ, सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ वैशाख १९ गते मनाउने भएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ दिवस अर्थात् ‘आइसिटी डे’ यही वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो ।

    राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गर्ने गरिन्छ । “सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर अध्ययन गर्ने गरिन्छ”, उनले थपे, “सूचना प्रविधिको प्रयोग गरेर देशको विकास र मुलुकको समृद्धि गर्न सकिने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।”सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यो दिवसको नारा तय गरिएको उनले बताए ।

    दिवस मनाउन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको वैशाख १० गते बसेको बैठकले यस वर्ष मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो । दूरसञ्चार सेवाप्रदायकमार्फत तीन दिनसम्म वैशाख १७, १८ र १९ गते रिङब्याक टोनका रूपमा ‘आइसिटी डे २०२३ भव्य रूपमा मनाऔँ’ भन्ने सन्देशका साथै वैशाख १९ गते बिहान मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत पठाउने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्ने प्रचार उपसमितिले जनाएको छ ।

    नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालेको हो ।
      

    मंगलवार, बैशाख १९ २०८००६:४२:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार