बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्मार्ट टेलिकमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काउन्टर

स्मार्ट टेलिकमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काउन्टर

मेगा खबर संवाददाता

३०, भाद्र २०७७
  • 4.0K
    SHARES

  • स्मार्ट टेलिकमको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काउन्टर

    काठमाडौं।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्मार्ट टेलिकमले पनि काउन्टर राखेको छ । कम्पनीले विदेशबाट आउनेका लागि बिमानस्थलको आगमन क्षेत्रमा नयाँ स्मार्ट टेलिकम एयरपोर्ट काउन्टर सुरु गरेको हो ।

    कम्पनीले आफ्ना ग्राहकहरु लगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउनेहरुलाई थप सेवा सुविधा प्रदान गराउनका लागि मंगलबारदेखि विमानस्थलको आगमन क्षेत्रमा नयाँ काउन्टर सुचारु गरेको हो । नयाँ काउन्टर मार्फत् विदेशबाट आउने ग्राहकले स्मार्टको सिम कार्ड तथा रिचार्ज कार्ड पाउने कम्पनीका मार्केटिङ प्रमुख तर्क भट्टले जानकारी दिए ।

    उनका अनुसार अन्य स्मार्ट टेलिकमका सेवा तथा प्रोडक्टको उपभोग समेत गर्न सक्नेछन् । नयाँ काउन्टर सुचारु भएसँगै ग्राहकसँग जोडिन र गुणस्तरीय सेवा लिन ग्राहकहरुलाई सहज हुने विश्वास कम्पनीले लिएको छ । स्मार्ट सेल नेपालको तेस्रो ठुलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो । यसको स्थापना १ जुलाई २००८ मा भएको थियो ।

    यसले नेपालका ४५ जिल्लाहरूमा सेवा प्रदान गर्दछ । यसले सम्पूर्ण नेपालमा सेवा दिने उद्देश्यसँग आफ्नो सञ्जालको विस्तार गरिरहेको छ । २८ अक्टोबर, २०१७ मा कम्पनीले काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरामा आफ्नो फोरजी सेवा सञ्चालनमा ल्याएको थियो । यो सेवा देशका अन्य शहरहरुमा पनि विस्तारको तयारी भईरहेको कम्पनीले जनाएको छ ।119549717_2837029813210208_686562439390179530_n.jpg

     

    मंगलवार, भाद्र ३० २०७७०८:३९:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार