बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी

लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी

मेगा खबर संवाददाता

१२, बैशाख २०८०
  • 940
    SHARES

  • लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी

    काठमाडौं, वैशाख १२

    भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले सवारी साधन लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी गरेको छ ।

    मन्त्रालयमा पत्रकारहरूसँग भएको भेटघाट कार्यक्रममा मंगलबार यातायात मन्त्री प्रकाश ज्वालाले लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी भइरहेको बताए । उनका अनुसार अहिले व्यवस्था भएको नवीकरणाको अवधिले सर्वसाधारणहरूले धेरै समस्या भोगेको देखिन्छ ।

    अबका दिनमा उक्त समस्या समाधानका लागि मन्त्रालयले ५ वर्षको अवधिलाई बढाएर १० वर्ष बनाउने तयारी गरेको हो । अहिले ५ वर्षको नवीकरण अवधि तोक्दा धेरैले थाहा नपाई नवीकरण गर्न नसकेको अवस्था छ,मन्त्री ज्वालाले भने,आगामी दिनमा मन्त्रालयले ऐन नै संशोधन गरेर अगाडि बढ्छौं । उक्त व्यवस्था गरेसँगै सर्वसाधारणले सहज तरिकाले नवीकरण गर्न सक्ने उनको भनाइ छ ।

    यो व्यवस्थालाई ऐनमा राख्नको लागि सबै निकायसँग छलफल गरेर प्रक्रिया अगाडि बढाइएको बताए । लाइसेन्सको कार्य छिटो र सजिलो तरिकाले पाउनका लागि सरकारले गृहकार्य गरेको उल्लेख गरेका छन् । 

    मंगलवार, बैशाख १२ २०८००३:३२:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार