शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

मेगा खबर संवाददाता

३०, भाद्र २०७७
  • 1.4K
    SHARES

  • चट्याङ लागेर एकको मृत्यु

    कलैया । चट्याङ लागेर आज बारामा एक जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ लाग्दा ४२ वर्षीय धर्मप्रसाद राय चौधरी घाइते भई डुमरवानास्थित स्थानीय डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

    टायर गाडामा बालुवा लोड गरिरहेको श्रमिक सोही ठाउँ बस्ने २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । घाइतेको डुमरवाना स्वास्थ्य संस्थामा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी मिश्रले बताए ।

    शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।   
     

    मंगलवार, भाद्र ३० २०७७०३:५९:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार