काठमाडाैँ, बैशाक ४
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले छ महिने ज्योतिष र कर्मकाण्ड प्रशिक्षण सुरु गरेको छ । चैत अन्तिमदेखि सुरु भएको ज्योतिष प्रशिक्षणमा ४० र कर्मकाण्ड प्रशिक्षणमा २२ प्रशिक्षार्थी रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
ज्योतिष र कर्मकाण्ड क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न समितिले आर्थिक वर्ष २०६६२०६७ देखि प्रशिक्षण सुरु गरेको हो । हाल प्रशिक्षण समितिको कार्यालयस्थित नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको भवनमा सञ्चालन भइरहेको छ । बेलुकी ४ बजेदेखि ६ बजेसम्म प्रशिक्षण सञ्चालन हुने गर्छ ।
६ महिनामा सामान्य फलादेश र कर्मकाण्ड गर्न सक्ने जनशक्ति तयार गर्ने गरी समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको कार्यक्रममा प्रशिक्षण दिने गरिएको हो । प्रशिक्षणमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्व र बहालवाला प्राध्यापकले प्रशिक्षण दिने गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।