शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

मेगा खबर संवाददाता

३०, भाद्र २०७७
  • 1.6K
    SHARES

  • भारी बर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक(दुई  स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

    महाशाखाका अनुसार प्रदेश १ को झापा आसपासका स्थानहरूमा भारी वर्षा भइरहेको छ । त्यस्तै मंगलबार दिउँसो र राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

    प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैलाई आग्रह गरेको छ ।

    त्यस्तै बाढी पूर्वानुमान महाशाखाले पनि मंगलबार कोसी, कन्काई, कमला, वाग्मती र नारायणी जलाधारका केही स(साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब भई सतर्कतातह पुग्न सक्ने बताएको छ ।

    मंगलबार प्रदेश १, २, वाग्मती,गण्डकीको चुरे र तराई भई बहने केही स–साना नदीमा बहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले सावधानी अपनाउन आग्रह गरेको छ ।

    मंगलवार, भाद्र ३० २०७७१०:५९:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार