काठमाडाैँ, बैशाक २
काठमाडौं बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा एक पुरूष मृत फेला परेका छन् ।
नुवाकोट घर भई बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बस्दै आएका ४० वर्षीय वीरे राई मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । उनी आफ्नै कोठामा मृत फेला परेका थिए,उनले भने,'घटना शंकास्पद छैन ।
मृतकको शरीर पोष्टमर्टमका लागि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।