शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

पहिरोले चितवनको आठ घरमा क्षति, चार सवारी साधन बगायो

पहिरोले चितवनको आठ घरमा क्षति, चार सवारी साधन बगायो

मेगा खबर संवाददाता

३०, भाद्र २०७७
  • 1.4K
    SHARES

  • पहिरोले  चितवनको आठ घरमा क्षति, चार सवारी साधन बगायो

    फाईल तस्बिर

    मुग्लिन । गएराति खसेको पहिरोले चितवनको आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका क्षति पुर्याएको हो ।

    पहिरोले दुईवटा मोटरसाइकल, एक÷एक वटा म्याजिक भ्यान र बोलेरो पनि बगाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिएका छन्। वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्याएको उनले जानकारी दिए । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।
     
    पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ ।

    पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    मंगलवार, भाद्र ३० २०७७१०:१४:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार