काठमाडाैँ, चैत्र २०
कोभिड–१९ का लक्षण देखिना साथ परीक्षण गराई आइसोलेसनमा बस्न सरकारले आग्रह गरेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ का लक्षण देखिना साथ परीक्षण गराई आइसोलेसनमा बस्न आग्रह समेत गरेको छ ।
रुघा, खोकी र ज्वरो जस्ता लक्षण कोरोना सङ्क्रमणको हुने भएकाले सुरक्षित रहन मन्त्रालयको सुझाव छ । ‘‘अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नबनाउस् ।’’ मन्त्रालयले भनेको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । २४ घण्टामा ११ सय ५१ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा कोरोना पुष्टि भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।