शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :
मन्त्रिपरिषद बैठक:

राष्ट्रियसभामा गौतम सिफारिस, कुलमानको नियुक्तिबारे प्रस्ताव पुग्यो, निर्णय भएन

राष्ट्रियसभामा गौतम सिफारिस, कुलमानको नियुक्तिबारे प्रस्ताव पुग्यो, निर्णय भएन

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 1.5K
    SHARES

  • राष्ट्रियसभामा गौतम सिफारिस, कुलमानको नियुक्तिबारे प्रस्ताव पुग्यो, निर्णय भएन

    काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभामा सिफारिस भएका हुन् । उनलाई सोमबार साँझ बसेको बैठकले सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले मेगाखबरलाई बताए । 

    ती मन्त्रीका अनुसार कुलमान घिसिङलाई पुनः नियुक्तिबारे आजको मन्त्रीपरिषदमा कुनै प्रस्ताव गएन् । तर, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले भने कुलमानलाई दोहोर्याउनका लागि प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गरिसकेको छ । 

    धेरैको चासो आजको मन्त्रिपरिषदले कुलमानलाई पुनः नियुक्ति दिने भन्नेमा थियो । 

    यसअघि पार्टी सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लाने निर्णय गरेको थियो । अघिल्लो हप्ता बस्ने बैठकबाटै उनलाई राष्ट्रियसभामा सिफारिस हुने भनिएपछि अघिल्लो बैठकमा उनलाई सिफारिसको कुनै प्रस्ताव नै गएको थिएन् । 

    स्रोतका अनुसार उनलाई मन्त्री नबनाउनेगरि राष्ट्रियसभामा लान लागिएको हो ।

    सोमवार, भाद्र २९ २०७७०९:०६:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार