कैलाली। सुदूरपश्चिम प्रदेशका १ सय १३ प्रहरीमा हाल सम्म कोरोना सङ्क्रमण पुष्टि भएको छ । ति मध्ये ७९ जनामा अहिले पनि सङ्क्रमण सक्रिय छ भने ३४ जना डिस्चार्ज भएका छन ।
सुदुरपश्चिम प्रदेशमा ७९ प्रहरी सक्रिय संक्रमित रहेको र ७७ जना धनगढीमै कार्यरत प्रहरी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मुकेश सिंहले बताए ।
बझाङ र दार्चुलामा एक÷एक जना गरी दुई जना छन बाँकी ६ जिल्लामा हाल सम्म प्रहरीमा सङ्क्रमण देखिएको छैन,उनले भने । हाल सम्म १ सय १३ जना प्रहरीमा सङ्क्रमण देखिएकोमा ३४ जना डिस्चार्ज भइसकेको सिंहले बताए । सक्रिय सङ्क्रमण रहेका ७९ जनाको उपचार भइरहेको उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।