शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बाढी, पहिरोले क्षति पुर्‍याएकाे स्थानिय तहलाई बागमती प्रदेश सरकारको सहयोग

बाढी, पहिरोले क्षति पुर्‍याएकाे स्थानिय तहलाई बागमती प्रदेश सरकारको सहयोग

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 1.0K
    SHARES

  • बाढी, पहिरोले क्षति पुर्‍याएकाे स्थानिय तहलाई बागमती प्रदेश सरकारको सहयोग

    काठमाडौं । बागमती प्रदेशले बाढी तथा पहिरोबाट क्ष्ति पुर्‍याएका स्थानीय तहमा सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश विपत् व्यवस्थापन निर्देशक समितिको बैठकले तत्काल सहायताका लागि रकम उपलब्ध गराउने निर्णय गरेको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

    उनका अनुसार सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकालाई ३० लाख, नुवाकोटको दुप्चेश्वर गाउँपालिकालाई ३० लाख उपलब्ध गराइने भएको छ । त्यस्तै, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई १५ लाख र हेलम्बु गाउँपालिकालाई १५ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

    सिन्धुपाल्चोकको बाह्रविसेमा मात्र पछिल्लो समय दुईवटा ठूल्ठूला पहिरो गएका छन् । बाह्रविसेको जम्बु र घुम्थाङमा पहिरो जाँदा ठूलो संख्यामा मानविय क्षति भएको थियो । साथै, बाढी तथा पहिरोले क्षति पुर्याएका अन्य क्षेत्रमा पालिकामा पनि प्रदेश सरकारले सहयोग रकम उपलब्ध गराएको हो । 

    शनिबार राती गएको घुम्थाङको पहिराले भिरखर्कका १० र नागपूजे गाउँका सात घर पुरिएका छन् । सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा जुटेका छन् । 

    सोमवार, भाद्र २९ २०७७०५:३३:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार