शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

काठेपुल भाँच्चियो, सवारी आवतजावत बन्द हुनाले बिरामी मर्कामा

काठेपुल भाँच्चियो, सवारी आवतजावत बन्द हुनाले बिरामी मर्कामा

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 2.3K
    SHARES

  • काठेपुल भाँच्चियो, सवारी आवतजावत बन्द हुनाले बिरामी मर्कामा

    फाईल तस्बिर

    डोल्पा । ठुलीभेरी नगरपालिका–८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँचिएको छ । गत सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामग्री बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्र्याक्टरको भार थाम्न नसकेर पुल भाँच्चिएको हो । 

    बीचमा पुगेलगत्तै काठको पुल भाँच्चिएपछि ट्र्याक्टर पनि बीचमै फसेको स्थानीय बिर्खबहादुर रोकायले जानकारी दिएका छन् । पुल भाँच्चिएपछि सवारी साधन आवतजावत ठप्प भएको छ । पुल भाँच्चिएपछि अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामी सर्वसाधारणलाई पनि १३ किमी सडकमा दुई वटा गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।

    तीन करोडको पुल खोइ ?

    तत्कालीन जिल्ला विकास समितिको रु तीन करोडको लागतमा जिल्ला प्राविधिक कार्यालयले रेखदेख गर्ने गरी २०७३ सालमा पक्की मोटरेबल पुलको निर्माण शुरु गरिएको थियो । सो वर्ष टेण्डरमार्फत मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्षभित्रमा पुलको निमार्ण कार्य पूरा गर्ने गरी कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिएका थिए । 

    पुल निमार्णको जिम्मेवारी पाएको मित्र सञ्जीवनी कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर उप्रेतीका डोल्पा प्रतिनिधि बुढाले काम गरेको रकमसमेत हालसम्म नपाएकाले काम रोकिएको बताए । निमार्ण व्यवसायी बुढाले पेश्कीस्वरूप लगेको रकमले स्थानीय ढुङ्गा, गिटी र बालुवा सङ्कलन तथा पुलको दुवैतर्फको पिलर र खाल्डा खन्ने काममा खर्च भएको उनले बताए ।

    तत्कालीन जिविसबाट पुल निर्माण शीर्षकमा रु दुई करोड ७० लाखभन्दा बढी रकम भुक्तानी लिइसकेको स्रोतको दावी छ । पुल निमार्ण सम्पन्न गरिसक्नुपर्ने समयावधि विसं २०७४ चैतसम्म भए पनि तीन पटकसम्म म्याद थप गर्दासमेत निर्माण पूरा भएको छैन ।

    जोखिम मोलेर सवारी यात्रा

    समयमै पुल निमार्ण कार्य पूरा नहुँदा अहिले सदरमुकाम दुनै भित्रिने यातायातका साधनहरू जोखिम मोलेर काठकोे पुलमार्फत ओहरदोहर गरिरहेका छन् । काठको पुलबाटै गाडीहरू वारपार गर्दा कुनै दिन ठूलो मानवीय दुर्घटना हुनसक्ने जीप चालक सुशील कठायतले बताए ।

    दुर्घटनापछि चिन्ता व्यक्त गर्नुभन्दा समयमै पुल निर्माण गरेर सहजरूपमा यातायात संञ्चालन गर्ने वातावरण मिलाउन उनले माग गरे । अघिपछि भन्दा बर्खायाममा खोला बढेको बेला वारपार गर्न एकदमै जोखिम हुने उनको भनाइ छ ।

    सोमवार, भाद्र २९ २०७७१०:४९:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार