शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

दुई ज्येष्ठ नागरिक बन्दुकसहित पक्राउ

दुई ज्येष्ठ नागरिक बन्दुकसहित पक्राउ

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 2.0K
    SHARES

  • दुई ज्येष्ठ नागरिक बन्दुकसहित पक्राउ

    स्याङ्जा । प्रहरीले बन्दुकसहित  दुई ज्येष्ठ नागरिकलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओ बहादुर हमाललाई प्रहरीले चार थान  बन्दुकसहित पक्राउ गरेको हो । 

    अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले ठकुरी र हमालका घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामग्रीसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

    एक नाले भरुवा बन्दुक तीन थान र एक नाले १२ बोर बन्दुक एउटासँगै बारुद, टोटा, केप, ग्रिस डिब्बा, फलामको पाता, फलामको छर्रालगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवैलाई आइतबार हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

    सोमवार, भाद्र २९ २०७७१०:३९:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार