शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

सरकारले गर्‍यो जग्गा कित्ताकाटसम्बन्धी निर्णय बदर

सरकारले गर्‍यो जग्गा कित्ताकाटसम्बन्धी निर्णय बदर

मेगा खबर संवाददाता

२८, भाद्र २०७७
  • 4.4K
    SHARES

  • सरकारले गर्‍यो जग्गा कित्ताकाटसम्बन्धी निर्णय बदर

    काठमाडौं । सरकारले फेरि जग्गा कित्ताकाटसम्बन्धी निर्णय बदर गरेको छ । ३ वर्षपछि गत १८ भदौमा फकुवा गरेको जग्गा कित्ताकाट २५ भदौमा  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बदर गरेको हो । 

    मन्त्रालयका सहसचिव दीपकुमार पहाडीले हस्ताक्षर गरेर सार्वजनिक गरेको निर्णयमा गत भदौ १८ गते कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका निर्णयहरु बदर गरिएको छ भनेर लेखिएको छ।   ‘भू–उपयोग नियमावली जारी नहुन्जेलसम्म लागि जग्गाको कित्ताकाट सम्बन्धमा नेपाल सरकार मन्त्रीस्तरबाट २०७७/५/१८ गते मा कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको छ,’ निर्णयमा भनिएको छ ।

    मन्त्रालयले यो निर्णय मात्र हैन मन्त्री अर्यालले २०७५ पुस २७ गते जारी गरेको पुरानो निर्देशन पनि बदर गरेको छ । 

    जुनसुकै प्रकारको जग्गा कित्ताकाट गर्नका लागि सम्बन्धित स्थानीय सरकारको सिफारिसमा मात्र गर्न पाइने नियमावली भने मन्त्रिपरिषदमा प्रस्ताव भए पनि निर्णय नभई  विचाराधीन छ । यो नियमावली नआउँदासम्म कुनै पनि जग्गाको वर्गीकरण हुँदैन ।

    मन्त्रालयको सूचना

    kittakat-badar_FjiTRKHS5j.jpg

    kittakat-badar-1_Jbd2p2w1N0.jpg

    आइतवार, भाद्र २८ २०७७०६:१६:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार