शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

सरकारले घटायो पीसीआर परीक्षणको शुल्क, अब २ हजार मात्र

सरकारले घटायो पीसीआर परीक्षणको शुल्क, अब २ हजार मात्र

मेगा खबर संवाददाता

२८, भाद्र २०७७
  • 2.3K
    SHARES

  • सरकारले घटायो पीसीआर परीक्षणको शुल्क, अब २ हजार मात्र

    काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोनाभाइरस संक्रमण भए नभएबारे गरिने पीसीआर परीक्षण शुल्क घटाएर २ हजार बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अब दुई हजार कायम गरिएको जानकारी दिए । सरकारी र निजीसहित सबै ल्याबले सबै शुल्कसहित अब पीसीआर परीक्षणको अधिकतम् शुल्क दुई हजार रुपैयाँभन्दा बढी लिन नपाउने उनले जानकारी दिएका हुन् । 

    अब सरकारले सबै शुल्क छोडेर अधिकतम् दुई हजारभन्दा बढी लिन नपाउने प्रवक्ता गौतमले जानकारी दिए । सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

     

    आइतवार, भाद्र २८ २०७७०४:५३:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार