शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकामा थपिए ५९७ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ५९७ जना कोरोना संक्रमित

मेगा खबर संवाददाता

२८, भाद्र २०७७
  • 1.4K
    SHARES

  • काठमाडौं उपत्यकामा थपिए ५९७ जना कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १७८ महिला र ३०५ पुरुपमा गरि ४८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भक्तपुरमा २२ महिला र ५९ पुरुष गरि ८१ जना र ललितपुरमा १६ महिला र १७ पुरुष गरि ३३ जनामा कोरोना पुष्टि भएको हो । 

    त्यस्तै, थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १,१७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

    आइतवार, भाद्र २८ २०७७०४:४४:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार