शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

थप १ हजार ३९ जनामा संक्रमण, संक्रमित संख्या ५४ हजार नाघ्यो

थप १ हजार ३९ जनामा संक्रमण, संक्रमित संख्या ५४ हजार नाघ्यो

मेगा खबर संवाददाता

२८, भाद्र २०७७
  • 1.2K
    SHARES

  • थप १ हजार ३९ जनामा संक्रमण, संक्रमित संख्या ५४ हजार नाघ्यो

    काठमाडौं । थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसहित नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप १,१७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

    योसहित नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ । ९ हजार १६५ सय जनाको आज पिसिआर परीक्षण भएको छ ।

    आइतवार, भाद्र २८ २०७७०४:४१:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार