सिन्धुपाल्चोक । बाह्रबिसे–७ घुम्थाङमा पहिरो जाँदा पुरिएका ९ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार ९ जनाको शव फेला परेको हो ।
पहिरामा पुरिएर ३१ जना बेपत्ता भएका छन् । बाकी २१ जनाको उद्दार कार्य जारी रहेको उनले बताए । सो बस्तीमा रहेको २०० घर धुरी मध्ये ४५ घर धुरी तत्कालै स्तानान्तरण गरिनुपर्ने बताईएको छ । ४ जनालाई काठमाडौं ल्याएर उपचार भईराखेको उनले बताए ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु उद्धार कार्यमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।
सभामुख सापकोटा पहिरोस्थलमा
सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका थिए । उनसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।