काठमाडाैँ,फागुन १९
ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले दुई स्मार्टफोनको मूल्य घटाएको छ ।
भी र वाई सिरिजअन्तर्गतका भि–२५ इ र वाइ–१५ सीको मूल्यमा प्रतिफोन ३ हजार रूपैयाँका दरले घटाएको छ । भि–२५ इ ८ जिबी र्याम र एक सय २८ जिबी स्टोरेज भएको फोन अब ग्राहकले ३९ हजार ९ सय ९९ मा पाउने भएका छन् । यो फोनको यस अघि मूल्य ४२ हजार ९ सय ९९ थियो । १७ हजार ९ सय ९९ रूपैयाँमा बिक्री भइरहेको वाइ–१५ सी अब ग्राहकले १४ हजार ९ सय ९९ सय रूपैयाँमै पाउँने कम्पनीले बताएको छ ।
यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ । भिभो भि–२५ इ मा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ ।
फोनमा ४४ वाटको फ्ल्यासचार्ज र ४५०० एमएएच ब्याट्री दिइएको छ । वाइ–१५ सीमा आई प्रोटेक्शन सहितको ६,५१ इन्चको फूलभ्यू डिस्प्ले दिइएको छ । ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र एआई डुअल क्यामेरा रहेका छन् । यो अफर ग्राहकले मार्च महिनाभरि पाउने छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।