काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे–७ स्थित नागपुजे पुगेका छन् । गए राति खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएका छन् । भने २८ जना बेपत्ता छन् ।
सोही क्षेत्रबाट निर्वाचित भएका सभामुख सापकोटा बिहानै स्थलमार्ग हुँदै बाह्रविसे पुगेका हुन् । अहिले घटनाको बारेमा जानकारी लिने र प्रभावितहरुको राहत तथा उद्दारका विषयमा पहल लिने काम भइरहेको उनले बताएका छन् ।
सभामुख सापकोटा लगायत स्थानिय जनप्रतिनिधि, जिल्ला तथा केन्द्रीय नेता, सामाजिक अभियन्ता लगायतको बाक्लो उपस्थिति रहेको छ । बाह्रविसे जम्बुमा पनि केही समयअघि आएको पहिरोको कारण धेरैको क्षति भएको थियो ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारकार्यलाई जारी राखेको प्रजिअ उमेश ढकालले जानकारी दिए ।
घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।





मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।