शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव फेला, २८ जना बेपत्ता

सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव फेला, २८ जना बेपत्ता

मेगा खबर संवाददाता

२८, भाद्र २०७७
  • 2.7K
    SHARES

  • सिन्धुपाल्चोक पहिरो अपडेट : ३ जनाको शव फेला, २८ जना बेपत्ता

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का घुम्थाङको नागपुजे र भिरखर्कमा गएको पहिरोमा ३ जनाको शव फेला परेको छ । गएराति परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि २८ जना बेपत्ता रहेका छन् । 

    डिएसपी प्रकाश सापकोटाका अनुसार पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको हो । 

    घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । त्यस्तै, सोही क्षेत्रबाट निर्वाचित भएका सभामुख अग्निप्रसाद सापकोटा पनि स्थलमार्गबाट उद्दारका लागि पहिरोग्रस्त क्षेत्र पुगेका छन् । 

    उता, जनप्रतिनिधि, जिल्ला तहका नेता तथा सामाजिक अभियन्ताहरु उद्दारका लागि खटिइरहेका छन् ।

    आइतवार, भाद्र २८ २०७७०९:४५:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार