काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले प्राकृतिक विपत्तिको सामना गर्नुको विकल्प नरहेको बताएका छन् । पटक–पटक प्राकृतिक विपत्तिबाट थलिँदै आएको सिन्धुपाल्चोकमा पुनः अर्को विपत्ति परेको छ ।
जिल्लाको बाह्रविसे नगरपालिका–७, घुम्थाङ नागपुजेमा आएको पहिरोबाट भएको क्षतिले आफू दुखी भएको मन्त्री दुलालले बताएका छन् । साथै, झण्डै ३० जनाको हाराहारीमा क्षति हुनसक्ने खबरले स्तब्ध भएको उनले जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘जति प्राकृतिक विपत्ति आएपनि त्यसको समाना गर्नुको बिकल्प हामीसंग रहेन, बार्हबिसे (७, घुम्थाङ नागपुजेको पहिरोले झण्डै ३० जनाको हाराहारीमा क्षति हुनसक्ने खबरले स्तब्ध भएका छौं, उद्धार कार्यमा तीब्र सफलता मिलोस, हामी सबै संयमता र धैर्यताकासाथ आ–आफ्नो ठाउँबाट लागौं ।’
उद्दारका लागि सबैले संयमता र धैर्यताका साथ लाग्न उनले सबैलाई अनुरोध गरेका छन् । पहिरोमा परि भएको मानविय क्षतिको विवरण आइसकेको छैन् । लगभग ३० जना बेपत्ता भएको हुनसक्ने र उद्दार कार्य जारी भएको जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।