शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

पहिरोको अवरोध पन्छाउँदै स्थलमार्गबाट बाह्रविसे पुग्दै सभामुख सापकोटा

पहिरोको अवरोध पन्छाउँदै स्थलमार्गबाट बाह्रविसे पुग्दै सभामुख सापकोटा

मेगा खबर संवाददाता

२८, भाद्र २०७७
  • 3.5K
    SHARES

  • पहिरोको अवरोध पन्छाउँदै स्थलमार्गबाट बाह्रविसे पुग्दै सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा स्थलमार्ग हुँदै सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ मा पहिरो गएपछि सभामुख सापकोटा त्यसतर्फ लागेका हुन् । 

    सभामुख सापकोटा अहिले स्थलमार्गहुँदै बाह्रविसे गइरहेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले मेगाखबरलाई जानकारी दिए । सभामुख सहितको टोली बिहान ८ बजे दोलालघाट पुगेको र वर्षाका कारण पुग्न कठिन भइरहेको उनले बताए । 

    गएराती आएको पहिरोकोका कारण कम्तिमा १८ घरमा क्षति पुगेको छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ । गएराती आएको पहिरोको कारण बस्ती पुरिएपछि अलिहे प्रहरी प्रशासन उद्दारमा खटिएको छ । 

    साथै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोकका युवा नेता माधव सापकोटा ‘सुबोध’ लगायतको टोलीपनि त्यसतर्फ प्रस्थान गरेको छ । स्थानिय जनप्रतिनिधिहरु त्यसतर्फ भेला भएर उद्दारको कार्य तीव्र बनाइरहेको मेयर नेमफुङ्जे शेर्पाले जानकारी दिए । 

    उद्दारमा कठिनाई आएका कारण सबै उद्दारमा खटिनका लागि स्थानिय सरकारले अनुरोध गरेको छ ।

    गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् । ०७१ सालयता जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढी पहिरोको कारण सिन्धुपाल्चोक थलिएको छ । 

    आइतवार, भाद्र २८ २०७७०८:०९:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार