शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा फेरि विपत्ति, पहिरोले बाह्रविसे–७ का १८ घर बगायो, कयाै‌ बेपत्ता

सिन्धुपाल्चोकमा फेरि विपत्ति, पहिरोले बाह्रविसे–७ का १८ घर बगायो, कयाै‌ बेपत्ता

मेगा खबर संवाददाता

२८, भाद्र २०७७
  • 13.2K
    SHARES

  • सिन्धुपाल्चोकमा फेरि विपत्ति, पहिरोले बाह्रविसे–७ का १८ घर बगायो, कयाै‌ बेपत्ता

    चाैतारा । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती भिषण पहिरो गएको छ । पहिरोले पहिरोले नागपुजेमा कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको स्थानियले जनाएका छन् । 

    स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ । गएराती आएको पहिरोको कारण बस्ती पुरिएपछि अलिहे प्रहरी प्रशासन उद्दारमा खटिएको छ । 

    उद्दारमा कठिनाई आएका कारण सबै उद्दारमा खटिनका लागि स्थानिय सरकारले अनुरोध गरेको छ । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पनि घटनास्थ्लतर्फ गइरहेका छन् । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् । ०७१ सालयता जिल्लाका विभिन्न क्षेत्रमा गएको बाढी पहिरोको कारण सिन्धुपाल्चोक थलिएको छ । 

    आइतवार, भाद्र २८ २०७७०६:५०:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार