काठमाडौँ, फागुन ११
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ सडकको निरीक्षण गरेका छन् ।
बिहीबार बिहानै उनले चिनियाँ राजदूतमा छन् सोङ सहितको टोलीसँग चक्रपथ अन्तर्गत कलङ्की चोक,स्वयम्भू, बसुन्धारा लगायतका स्थानमा पुगेर निरीक्षण गरेका छन् ।
यस सडक खण्डको निर्माण कार्य छिटो थालनी गराउने उद्देश्यले उपप्रधानमन्त्री श्रेष्ठको पहलमा नेपालका लागि चिनिया राजदूत चेन छोङ,काठमाडौँ महानगरकाका मेयर बालेन शाह,मन्त्रालयका सचिव केशवप्रसाद शर्मा, बिधुत प्राधिकरणका प्रमुख कुलमान घिसिङ लगायतको टिम स्थलगत निरीक्षणमा गरेको हो ।