बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा दर्ता हुने विशेषज्ञ चिकित्सकको सङ्ख्या १० हजार नाग्यो

नेपालमा दर्ता हुने विशेषज्ञ चिकित्सकको सङ्ख्या १० हजार नाग्यो

मेगा खबर संवाददाता

९, फाल्गुण २०७९
  • 1.4K
    SHARES

  • नेपालमा दर्ता हुने विशेषज्ञ चिकित्सकको सङ्ख्या १० हजार नाग्यो

    काठमाडौँ, फागुन ९

    नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको सङ्ख्या ३२ हजार नाघेको छ । काउन्सिलमा दर्ता हुनेको सङ्ख्या ३२ हजार ३१८ पुगेको रजिष्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारीले बताएका छन् ।

    नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार नाघेको छ । उनका अनुसार विशेषज्ञता हासिल गर्ने चिकित्सक १० हजार ८० पुगेको छ । १ हजार ८० जनाले इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रुपमा काउन्सिलमा दर्ता गराएका छन् ।

    ९ सय ९४ जनाले स्त्री तथा प्रसुति रोग विशेषज्ञको रुपमा नाम दर्ता गराउँदा जनरल सर्जरीमा ९ सय ४७,अर्थोपेडिक्समा ८०५, पेडियाट्रिकमा ७८१ जनाले  विशेषज्ञको रुपमा दर्ता गराएका छन् ।

    रेडियोलोजी तथा इमेजिङ, लगायतमा विषेशज्ञता हासिल गर्ने चिकित्सकको दर बढेको काउन्सिलको आँकडाले समेत देखाएको छ ।  

    मंगलवार, फाल्गुण ९ २०७९१२:४७:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार