शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्नुपर्ने माग 

छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्नुपर्ने माग 

मेगा खबर संवाददाता

२६, भाद्र २०७७
  • 2.0K
    SHARES

  • छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्नुपर्ने माग 

    काठमाडौं। उपत्यकका सांसदहरुले कोरोना भाइरसको प्रभाव र अबस्थालाई अनुगमन गरी भैपरी आउने अबस्थाको बिश्लेषण गर्न छुट्टै संसदीय समिति गठनगर्नुपर्ने माग गरेका छन् । 
    शुक्रबार दिउँसो उपत्यकका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाउदै यस्तो माग राखेका हुन । ज्ञापन पत्र बुझाउ जानेमा  गगन थापा, भीमसेनदास प्रधान, रामकुमारी झाँक्री, राजेन्द्र श्रेष्ठ, शशी श्रेष्ठलगायतका सांसदहरू थिए ।

    समिति बनाउने विषयमा ज्ञापनपत्रमा भनिएको छ, ‘कोभिड– १९ को कारणले जनस्वास्थ्यमा प्रभाव पर्नुको साथै दैनिक ज्यालादारीमा मजदुरी गर्ने श्रमिक, उद्योगधन्दा, शैक्षिक संस्था, आमउपभोक्ता वर्ग  तथा कोरोना नियन्त्रण र रोकथामतर्फ सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको समस्या र तिनको व्यवस्थापनमा भइरहेका बेथितिको सम्बोधन गर्ने गरी कोभिडको अवस्था र प्रभावलाई मात्र अनुगमन गर्ने गरी सरकारलाई राय–सुझाब दिन संसदीय समिति गठन गर्न पहल गर्ने ।’

    समिति बनाउने विषयमा सभामुख सापकोटा पनि सकारात्मक रहेको सांसद भीमसेनदास प्रधानले बताए । 

     

    शुक्रवार, भाद्र २६ २०७७०५:१८:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार