काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अधिकारको जिम्मेवारी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकले अर्का अध्यक्ष केपी शर्मा ओली सरकार सचांलनमा केन्द्रीत हुनेगरी प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठाका अनुसार सरकारले दैनिक कामकारवाही जारी राख्न सक्ने तर राष्ट्रिय महत्वका विषयमा पार्टीको निर्णय सरकारले मान्नुपर्ने निर्णय भएको छ ।
उनका अनुसार त्यस्तो प्रस्ताव आएमा सचिवालयको सुझाव, दुई अध्यक्षको सहमतिमा निर्णय हुनेगरी सहमति भएको छ ।
पार्टीको महाधिवेशन चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय बैठकले गरेको उनले बताए ।
१० असारमा सुरु भएको बैठक १८ असारमा स्थगित भएको थियो । स्थगित बैठक ४३ दिनपछि आज बसेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।