काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक समापन भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि संचारकर्मीलाई जानकारी दिँदै आजबाट स्थायी कमिटी बैठक सकिएको बताए ।
१० असारबाट सुरु भएको बैठक १८ असारमा स्थगित भएको थियो । पार्टी बैठकबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि पार्टी विवाद उत्पन्न भएको थियो ।
त्यसको ४३ दिनपछि आज बिहान ११ बजे बैठक बसेको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुवै अध्यक्षले तयार पारेको प्रस्तावमा १३ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ लगायताका नेताहरुले बोलेका थिए ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समस्या समाधान कार्यदलको सुझावलाई थप गृहकार्य गरी ठोस कार्ययोजनाका रुपमा प्रस्ताव प्रस्तुत गरिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।