काठमाडौं । थप १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४५४ जनामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणको क्रममा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म ३६ हजार ६७२ उपचारपछि निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ । ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।