काठमाडाैँ, फागुन ३
नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा फेरि फोन नलाग्ने समस्या आएको छ । गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो । नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबैखाले सेवा अवरुद्ध बनेको छ ।
टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो । टेलिकमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले यसबारे जानकार नभएको जानकारी दिए । टेलिकमको सिमबाट टेलिकम र अन्य कम्पनीको सिममा फोन गर्दा सम्पर्क नभएको भन्छ ।फोन नै नलागी उठेन र व्यस्त छ भन्ने जवाफ आइरहेको छ । अन्य कम्पनीबाट टेलिकमको सिममा फोन गर्दा समस्या देखाइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।