काठमाडौ । बूढानीलकण्ठ नगरपालिका वडा–१२ ले कोरोना संक्रमण सहजिकरणका लागि विदेशबाट फर्किएका व्यक्तिहरुलाई आफ्नो विवरण उपलब्ध गराउन वडावासीमा अनुरोध गरेको छ
वडाले एक विज्ञप्ति जारी गर्दै यस नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको साथै अन्तराष्टिय उडान सुचारु भई फर्कनेको संख्या गएको हुदा संक्रमणको जोखिम आंकलन गर्न तथा फैलावट नियन्त्रणका लागि विवरण आवश्यक पर्ने भएकाले उपलब्ध गराउनका लागि अनुरोध गरेको हो ।
वडाले विवरण तथा जानकारीको लागि नगर कार्यलय र वडा प्रतिनिधी हरुको नम्बर उल्लेख गराएको छ । वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई ले वडामा फर्कने सबै महानुभाबहरुलाइ आएपछि दिइएको नम्बरमा सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराइदिनुहुन सबैमा अनुरोध गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।