शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बालकको उद्धारः आफन्तको खोजी जारी

बालकको उद्धारः आफन्तको खोजी जारी

मेगा खबर संवाददाता

२६, भाद्र २०७७
  • 1.3K
    SHARES

  • बालकको उद्धारः आफन्तको खोजी जारी

    राजविराज । सप्तरीको खडक नगरपालिका—८ कल्याणपुरस्थित हटिया बजारबाट आज एक बालकको उद्धार गरिएको छ । 
     
    उद्धार गरिएका बालकलाई संरक्षणका लागि कञ्चनरुप नगरपालिकास्थित बालगृह आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताएका छन् । 

    बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक नभएको, चार फिट उचाइ भएको, चिउडोमा खत भएको र हेर्दा तराईमूलको जस्तो देखिने करीब १२ वर्षीय ती बालकलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परिचय भने खुल्न सकेको छैन । बालकका आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।   

    शुक्रवार, भाद्र २६ २०७७०२:०५:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार