काठमाडाैँ, फागुन १
काठमाडाैँ बुढानिलकण्ठ नगरपालिका वडा नं.११ मा ५ दिने उद्घोषणकला तालिम सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका आयोजनामा वडा भित्रका महिला समुहहरूलाई लक्षित गर्दैँ माघ २५ गते देखि शुरु भएको उक्त तालिम माघ २९ गते सम्पन्न भएको हो । २७ जना महिलाहरुको सहभागितामा जनाइएको थियो । उक्त तालिमको सहजिकरण कविता ढकालले गरेकि थिइन् ।
आइतवार वडा नं.११ को आयोजनामा गरिएको कार्यक्रममा वडाअध्यक्ष राजु अधिकारीको प्रमुख आतिथ्यता थियो भने प्रशिक्षक शंकर प्रधान,वडा सचिव नविन्द्र बहादुर तामाङ,सभाध्यक्ष शर्मिला गौतम लगायतको सहभागीता थियो । सो कार्यक्रममा उनिहरुको सहभगितालाई शुभकामना दिदै आगामी दिनमा हरेक क्षेत्रमा अग्रसर रही नेतृत्व विकासमा सक्रिय रहि अगाडि बढ्न हाैसला प्रदान गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिका वडा नं.११ का वडाका वडा अध्यक्ष राजु अधिकारीले महिलाहरुका यस्ता प्रकारका तालिमलाई निरन्तरता दिदै वडावासीहरूको व्यक्तित्व तथा नेतृत्व विकासमा उल्लेख्य योगदान गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । वडा भित्र रहेका महिलाहरुलाई बर्षेनी विभिन्न किसिमका सिपमुलक तालिमहरु दिनुको खास उद्यश्य नै आफ्नो गाँउघरमा बसेर केहि न केहि गरि आत्मनिर्भर बनुन् भन्दै तालिममा सिकिएका उद्घोषणकला व्यबहारमा उतारि आत्म निर्भर बन्न अनुरोध गरेका थिए । त्यसैगरि कपन प्रहरी प्रभागकी प्रहरी निरिक्षक कृष्ण बस्यालले साइबर अपराधको सन्दर्भमा महत्वपुर्ण जानकारीमुलक कक्षा समेत सन्चालन गरेकि थिइन् ।
तालिममा सहभागिहरुलाई प्रमुख अतिथिहरुले प्रशिक्षकले नतिजा दिएका थिए भने सबैजनाको प्रस्तुति श्रवणसमेत गरेका थिए । कार्यक्रम संयोजक कविता ढकालले उपस्थिति सबैलाई धन्यबाद दिदै सिकेको उद्घोषणकलालाई व्यवहारमा उतार्न प्रेरित गरेकि थिइन् ।
उनले अब महिला प्रशिक्षार्थीहरूले प्रशिक्षणले निर्धक्कसँग मन्चमा उभिएर दर्शकश्रोताहरुको उपस्थितिमा कार्यक्रम सन्चालन गर्न सक्ने क्षमता र आत्मविश्वास वृद्धि गरेको अनुभव प्रष्ट पारेकि थिइन् ।