काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक स्थगित भएको ४३ दि (एक महिना १३ दिन) पछि बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
बैठक केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको साझा प्रस्तावमै केन्द्रित रहेर छलफल भइरहेको छ ।
अध्यक्षद्वयले तयार पारेको साझा प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई यसअघि नै बाँडिसकिएको छ । सोही प्रस्ताव अध्ययन गरी सबै स्थायी कमिटी सदस्यले आ–आफ्नो सुझाव लिखित रुपमा अध्यक्षद्वयलाई हिजै बुझाइसकेको स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए ।
आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनकै आधारमा अध्यक्षद्वयले साझा प्रस्ताव तयार गरेका हुन् । प्रस्तावमा अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, संघदेखि प्रदेशसम्मका मन्त्रिमण्डल पुनर्गठन गर्ने र राजनीतिक नियुक्ति पार्टीभित्रको छलफलका आधारमा मात्रै गर्नेलगायत विषय समेटिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।