बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उपचार सेवा माग्दै बिरामीहरुले गरे प्रदर्शन

उपचार सेवा माग्दै बिरामीहरुले गरे प्रदर्शन

युर्बसि पाैड्याल

२९, माघ २०७९
  • 1.0K
    SHARES

  • उपचार सेवा माग्दै बिरामीहरुले गरे प्रदर्शन

     काठमाडाैँ, माघ २९

    उपचार सेवाको माग गर्दै बिरामी र तिनका आफन्तहरुले वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका छन् ।

    उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । सडक अवरुद्ध हुने गरी प्रदर्शन गर्नेहरुलाई प्रहरीले अहिले भने हटाएको छ ।

    नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । वीर अस्पतालमा आज बिहानै पुगेका धेरै बिरामीहरु अलमलमा परेका थिए । सुरक्षा गार्डहरुले ओपीडी सेवा बन्द भएको जानकारी गराउँदै बिरामीहरुलाई फर्काएका छन् ।

    आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको समेत प्रयास भइरहेको छ ।

     

    आइतवार, माघ २९ २०७९११:०६:२६
    सम्बन्धित समाचार