काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज ११ बजे बस्ने भएको छ । लामो समयदेखि विभिन्न गतिरोधका कारण स्थगित रहेको बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
यसअघि स्थगित हुँदै आएको स्थायी कमिटिको बैठक अन्तिम पटक साउन १३ गते बसेको थियो । लामो गतिरोधसँगै नेकपाले पार्टी भित्र देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा निकास खोज्ने प्रयास अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
कार्यदलको प्रतिवेदन बुझेपछि दुई अध्यक्षले तयार पारेको सहमितको खाका आजको स्थायी कमिटि बैठकमा छलफलका लागि पेश हुन लागेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।