बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक डा.जनिथलाल सिंह घाइते

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक डा.जनिथलाल सिंह घाइते

युर्बसि पाैड्याल

२७, माघ २०७९
  • 955
    SHARES

  • प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक डा.जनिथलाल सिंह घाइते

    काठमाडाै, माघ २७

    प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंह घाइते भएका छन् । शुक्रबार राष्ट्रपति सवारी भएको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टर सिंहलाई कुटपिट गरेको हो ।

    आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनि घाइते भएका छन् । संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । 

    उनको टाउँकोमा चोट लागेको छ । बाटो खाली गराइएको बेलामा हिँडेको भन्दै प्रहरीले सिंहलाई कुटपिट गरेको हो । ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकले प्रदर्शन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो । घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रर्दशन गरिरहेका छन् । सडक पनि केहीबेर अवरूद्ध भएको थियो । डाक्टरको कार्ड देखाएर हिँड्न समेत नदिइएको उनीहरूले बताएका छन् । 

    शुक्रवार, माघ २७ २०७९०८:४१:४९
    सम्बन्धित समाचार